बढ्यो सुनचाँदीको मूल्य

आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।

नेपाल भ्यूज

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदी मूल्य बढेको छ। साताको पहिलो दिन आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।

आज नेपाली बजारमा चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved