फिर्ता भए मीन विश्वकर्मा

केन्द्रीय सदस्यका उम्मेदवार विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

नेपालभ्युज

फिर्ता भए मीन विश्वकर्मा

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

दलित खुल्ला तर्फका केन्द्रीय सदस्यका उम्मेदवार विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानमा नअटेपछि विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका हुन्। पाँच जना निर्वाचित हुने उक्त क्लस्टरमा २७ जनाको उम्मेदवारी परेको थियो।

आफ्नो उम्मेदवारी फिर्ता लिएका विश्वकर्माले देउवा प्यानललाई पूर्ण समर्थन रहेको पनि बताएका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान आठ बजेदेखि मतदान हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved