कांग्रेस महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

उम्मेदवारी दर्ता गराएका मध्ये कसैले फिर्ता लिन चाहेमा आज बिहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समयसीमा कांग्रेस निर्वाचन समितिले तोकेको छ।

नेपालभ्युज

कांग्रेस महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया हिजोदेखि जारी छ। कांग्रेस सभापति बन्नका लागि ६ जना नेताहरुले उम्मेदवारी दर्ता गराएका छन्।

हिजो साँझसम्म उम्मेदवारी दर्ता गराएका मध्ये कसैले फिर्ता लिन चाहेमा आज बिहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समयसीमा कांग्रेस निर्वाचन समितिले तोकेको छ।

अहिले बिहान ११ बजेपछि उम्मेदवारहरुकोृ अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका अनुसार समितिले काम गरिरहेको छ।

आज उम्मेदवारहरुको अन्तिम नामावली आउने र मतदानका लागि सबै प्रक्रिया पूरा हुने समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार भोलि बिहान ८ बजेदेखि मतदान हुने छ।

निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यसमितिको १३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved