नेपाली कांग्रेसको १४ औं महाधिवशेन

के भन्छन् केन्द्रीय सदस्यका उम्मेदवार ?

नेपालभ्युज

के भन्छन् केन्द्रीय सदस्यका उम्मेदवार ?

काठमाडौं। कांग्रेसको भावी नेतृत्वका लागि जति पदाधिकारी बन्ने होड छ, केन्द्रीय सदस्य हुन लालायित हुनेहरू पनि उत्तिकै छन्। नवोदित युवादेखि लामो समय निरन्तर राजनीतिमा सक्रिय व्यक्तिहरू केन्द्रीय नेतृत्वमा आउन प्रतिस्पर्धामा उत्रिएका छन्।

१३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यका लागी सोमवार निर्वाचन हुदै छ। खुल्ला, प्रदेश, महिला, अल्पसंख्यक, समावेशी आदि विभिन्न क्लस्टरबाट ५ सय ९ जनाको उम्मेदवारी केन्द्रीय सदस्यका लागिपरेको छ।

हुन त विभिन्न गुटमा रहेका प्रभावशाली नेताहरू पनि शनिबार केन्द्रीय सदस्यको उम्मेदवारी दिन पुुगे। देउवा पक्षका वालकृष्ण खाँण, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक देखि एनपी साउद सम्मका नेताहरू केन्द्रीय सदस्यमै चित्त बुझाउनुपर्ने अवस्था बनेको छ।

अर्जुननरसिह केसी, रामशरण महत, बलबहादुर केसीदेखि वर्तमान महामन्त्री शशांक कोइरालाले पनि केन्द्रीय सदस्यमै उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्यको उम्मेदवारी दिएपछि केसीले आफूहरू पार्टी राजनीतिमा सक्रिय रहे पनि प्रमुख पदहरूमा युवा आउन भन्ने उद्देश्यले सदस्यमा रहन चाहेको बताए।

पुराना नेताहरू केन्द्रीय सदस्यमै सीमित हुन खोजिरहँदा युवा पिँढीहरू पनि केन्द्रीय समितिमार्फत आफ्नो राजनीति बढाउन चाहेका देखिन्छन्। शनिबार युवापिँढीका शंकर तिवारी, डिल्लीराम सुवेदी, अजयबाबु शिवाकोटीलगायतले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिए।

विश्लेषकसमेत रहेका तवारीले भने, “राजनीतिको व्याकरण नै परिर्वतन गर्ने लक्ष्यसहित कांग्रेसको केन्द्रीय सदस्य बन्न चाहेको हुँ।” नेपाली काग्रेस सम्बद्ध प्रेस युुनियनका महासचिव रहेका शिवाकोटीले पार्टी राजनितीमा परिर्वतन ल्याउने उदेश्य सहित आफु केन्द्रीय समितिमा जान चाहेको बताए।

लामो समयदेखि धनुषामा राजनीतिक, सामाजिक रूपले क्रियाशील छन्। पाँच दशकदेखि कांग्रेसको राजनीतिमा जोडिएका घिमिरेले पहिलो पटक केन्द्रीय सदस्य हुने रहर गर्दै छन्। 

केन्द्रीय सदस्य उम्मेदवारी दिने भीडमा एक जना पाका कांग्रेसी समीर घिमिरे पनि भेटिए, जो कुनै बेला बीपी कोइरालाको सामीप्यमा रहेर काम गर्थे। रामेछापको मन्थली मूल घर भएका घिमिरेको कर्मथलो धनुषा जिल्ला हो। उनी लामो समयदेखि धनुषामा राजनीतिक, सामाजिक रूपले क्रियाशील छन्। पाँच दशकदेखि कांग्रेसको राजनीतिमा जोडिएका घिमिरेले पहिलो पटक केन्द्रीय सदस्य हुने रहर गर्दै छन्।

शहीद सरोजप्रसाद कोइरालाबाट प्रभावित भएर उनले २०२९ सालमा कांग्रेसको सदस्यता लिएका थिए। आठौं महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बन्दै आएका घिमिरे राजनीतिक संघर्षको इतिहास भए पनि ओझेलमा परेका नेता हुन्।

“पञ्चायतकालको निरंकुशताविरुद्ध लडेर पार्टीको संगठनको काममा जुटे पनि पदप्राप्ति कहिल्यै लक्ष्य भएन”, उम्मेदवारी दर्ता गरेपछि उनले नेपालभ्यूजसँग भने, “जीवनकालमा गतिशील र सुदृढ कांग्रेस हेर्ने मन छ। त्यसमा योगदान गर्न सक्छु भन्ने ठानेर केन्द्रीय नेतृत्वमा आउने सोच बनाएको हुँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved