नेपाली कांग्रेस १४ औं महाधिवेशन

निधि भन्छन् – पार्टीलाई जिताउँछु, सिंह भन्छन्- पार्टी विधिसम्मत चलाउँछु

नेपालभ्युज

निधि भन्छन् – पार्टीलाई जिताउँछु, सिंह भन्छन्- पार्टी विधिसम्मत चलाउँछु

काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आगामी निर्वाचनमा पार्टीको बहुमत ल्याउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्।

निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको सफल कार्यान्वयन गर्न कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने भएकोले त्यसको नेतृत्वमा आफूले दाबी गर्नुपरेको बताए।

पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि उनले सञ्चारकर्मीमाझ भने, “आगामी निर्वाचनमा नेपाली कांग्रेसको सरकार बनोस्। एकमना सरकार बनोस्। र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जुन हामीले ल्याएका छौं। त्यो प्रणालीको सफल कार्यान्वयन गराउनु आजको आवश्यक्ता हो। नेपाली कांग्रेसको माध्यामबाट संघीय लोकतान्त्रिक गणतन्त्रको साशन व्यवस्था र हामीले बनाएको संविधानको सफल कार्यान्वयन गर्न नेपाली जनतालाई अपिल गर्न चाहन्छु कि कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिनुहोस।”

सबै राजनीतिक दल र नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको शासन व्यवस्था बिर्सिन लागेको आरोप पनि निधले लगाए।

त्यस्तै सभापतिका अर्का उम्मेदवार नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिनुपरेको बताएका छन्। उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता सिंहले पार्टीलाई विधिसम्मत, नियम सम्मत र संस्थागत ढंगले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताए।

उनले महाधिवेशनमा दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्नो प्यानलनै विजयी हुने दाबीसमेत गरे। नेता सिंहले भने, “मेन कुरा के हो भने पार्टीलाई विधिसम्मत, नियमसम्मत संस्थागत गर्ने। पार्टीलाई शुद्धीकरण गर्न, पार्टीलाई सुदृढीकरण गर्न मैले उम्मेदवारी दिएको हो। दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्ना प्यानलनै विजयी हुनेछ।”

नेता सिंहले १३ औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर अरू नेताहरूलाई अवसर दिएकाले यस पटक आफूलाई सहयोग गर्न आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved