कांग्रेस महाधिवेशनः १३४ केन्द्रीय कार्यसमितिमा ५४८ जनाको उम्मेदवारी

नेपालभ्युज

कांग्रेस महाधिवेशनः १३४ केन्द्रीय कार्यसमितिमा ५४८ जनाको उम्मेदवारी

काठमाडौं ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ। साथै १३४ पदमा ५४८ जनाको उम्मेदवारी परेको छ।

नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा आज भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन समयावधि तोकिएको थियो।

१३४ केन्द्रीय कार्यसमिति पदमा ५४८ जनाको उम्मेदवारी परेको छ। योसँगै १४ औं महाधिवेशनबाट केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ। केन्द्रीय सदस्य पदहरूमा खुलातर्फ १०९ जना छानिने छन्।

थारूतर्फ १४ जना
मधेशीतर्फ ३२ जना
आदिवासी जनजातितर्फ ८७ जना
खसआर्य ९३ जना
दलिततर्फ ३९ जना
महिलातर्फ ३१ जना
पिछडिएको क्षेत्रतर्फ २
अपांगता भएकाहरूका तर्फ १६
अल्पसंख्यकतर्फ ६
मुस्लिमतर्फ १६ छानिनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved