शेखर कोइरालाले गरे प्यानलसहित उम्मेदवारी दर्ता

शेखरलाई रामचन्द्र पौडेल, शशांक कोइराला लगायतका नेताको समर्थन रहेको छ।

नेपालभ्युज

शेखर कोइरालाले गरे प्यानलसहित उम्मेदवारी दर्ता

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन्।

आगामी पाँच वर्षको नेतृत्वका लागि कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी तथा महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दर्ता गरेका छन्।

सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवारी दिएका छन्।

देउवाइतर समूहबाट साझा उम्मेदवारका लागि प्रकाशमान सिंह बाधक बनेपछि इतर समूहका नेताहरूले साझा उम्मेदवारका रूपमा शेखरलाई अघि सारेका हुन्। शेखरलाई रामचन्द्र पौडेल, शशांक कोइराला लगायतका नेताको समर्थन रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved