विश्वप्रकाश प्रकाशमानको प्यानलका महामन्त्री उम्मेदवार

कोइराला समूहले गगन थापासहित विश्वप्रकाश शर्मालाई पनि एउटै प्यानलबाट महामन्त्री उठाउने प्रयत्न गरे पनि उक्त प्रयत्न भने सफल हुन सकेन।

नेपालभ्युज

विश्वप्रकाश प्रकाशमानको प्यानलका महामन्त्री उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसको १४ ‍औँ महाधिवेशनमा विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दर्ता गर्ने भएका छन्।

१३ औं महाधिवेशनदेखि शेरबहादुर देउवा पक्षमा रहेका शर्माले १४ औं महाधिवेशनमा पार्टी महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका थिए। तर देउवा पक्षमा कृष्णप्रसाद सिटौलाको प्रवेश भएपछि उनी त्यहाँबाट बाहिरिएका थिए। त्यसपछि शेखर कोइराला समूहले गगन थापासहित विश्वप्रकाश शर्मालाई पनि एउटै प्यानलबाट महामन्त्री उठाउने प्रयत्न गरे पनि उक्त प्रयत्न भने सफल हुन सकेन।

शेखर समूहले आफ्नो प्यानलमा ल्याउने प्रयास सफल नभएपछि विश्वप्रकाशबिनै यसअघि प्यानल घोषणा गरिसकेको छ। कोइराला प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी छन्, महामन्‍त्रीमा डा. मीनेन्द्र रिजाल र गगन थापा रहने तय भइसकेको छ।

देउवाइतर समूहमा साझा उम्मेदवारका लागि निरन्तर प्रयास भए पनि सहमति हुन नसकेपछि प्यानलसहित उम्मेदवारी दर्ताको तयारी नेताहरूले गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved