कांग्रेसको १४ औँ महाधिवेशन

महेश आचार्यद्वारा उपसभापति पदमा उम्म‍ेदवारी दर्ता

नेपालभ्युज

महेश आचार्यद्वारा उपसभापति पदमा उम्म‍ेदवारी दर्ता

काठमाडौं । केन्द्रीय सदस्य महेश आचार्यले १४ औं महाधिवेशवनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन्। आचार्य १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए। उनले वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाबाट उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गराएपछि पत्रकारमाझ उनले पार्टीभित्र मात्र नभई अन्तरपार्टी संवाद आवश्यक परेको र कांग्रेसले यो बहसको नेतृत्व लिनुपर्ने बताए। कांग्रेसले नेतृत्व नलिए देश गम्भीर दुर्घटनामा पर्ने उनको भनाइ थियो।

आफूले पार्टीभित्र विचार र बहसको नयाँ प्राण भर्न चाहेको उनले बताए। र आफ्नो उम्मेदवारी यही कुरामा केन्द्रित भएको पनि उनले बताए। कांग्रेस महाधिवेशनमा आउने करिब पाँच हजार प्रतिनिधिको अनुहारमा उज्यालो भर्न सके आफ्नो उम्मेदवारी उचित ठहरिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved