एसेज सिरिजको पहिलो टेष्ट अष्ट्रेलियाको कब्जामा

पहिलो इनिङमा खराब ब्याटिङ प्रदर्शन गरेको इंल्याण्ड मात्र १४७ रनमा समेटिएको थियो। जसका लागि टिमको कप्तानी सम्हालेको आफ्नो पहिलो खेलको पहिलो इनिङमा नै अष्ट्रेलियाका प्याट कमिन्सले पाँच विकेट लिएका थिए।

नेपालभ्युज

एसेज सिरिजको पहिलो टेष्ट अष्ट्रेलियाको कब्जामा

काठमाडौं। एसेज सिरिजको पहिलो टेष्टमा अष्ट्रेलियाले इंल्याण्डविरुद्ध ९ विकेटको प्रभावशाली जित निकालेको छ।

घरेलु मैदान ब्रिजबेनमा चौथो दिन नै खेल आफ्नो पक्षमा पार्दै अष्ट्रेलियाले पाँच म्याचको सिरिजमा १-० को अग्रता कायम गरेको छ।

शनिबार दोस्रो इनिङमा दुई विकेटको नोक्सानीमा २२० रनबाट खेल्न थालेको इंल्याण्डको चार विकेट नाथन लियोन एक्लैले झारेका थिए। जसकारण इंल्याण्ड २९७ रनमा नै अलआउट भयो। योसँगै लियोन टेष्ट क्रिकेटमा ४ सय विकेट पूरा गर्ने अष्ट्रेलियाका तेस्रो बलर बनेका छन्।

पहिलो इनिङमा खराब ब्याटिङ प्रदर्शन गरेको इंल्याण्ड मात्र १४७ रनमा समेटिएको थियो। जसका लागि टिमको कप्तानी सम्हालेको आफ्नो पहिलो खेलको पहिलो इनिङमा नै अष्ट्रेलियाका प्याट कमिन्सले पाँच विकेट लिएका थिए।

यसपछि प्लेयर अफ दी म्याच ट्राभिस हेडको शतकको मद्दतले अष्ट्रेलियाले पहिलो इनिङमा ४२५ रनको विशाल योगफल तयार पारेको थियो। हेडले १५२ रनेका योगदान गर्दा ओपनर डेभिड वार्नरले ९४ रन जोडेका थिए।

यसपछि २७८ रनले पछि परेको इंल्याण्ड दोस्रो इनिङमा २९७ रनमा समेटिएपछि अष्ट्रेलियाले जितका लागि मात्र २० रनको लक्ष्य पायो।

एलेक्स क्यारी ओपनिङमा आएर मात्र ९ रनमा आउट भए पनि सहज लक्ष्य अष्ट्रेलियाले छैटौँ ओभरमा पूरा गर्‍यो।

यो जितसँगै अष्ट्रेलियाले ब्रिजबेनमा इंल्याण्ड सँगको टेष्टमा ३५ वर्ष लामो अपराजित यात्रालाई कायमै राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved