राजनीतिक दर्शन र सिद्धान्तले धर्मशास्त्रका मान्यताहरू बदल्न सक्छ: बाबुराम भट्टराई

डा. भट्टराईले समसामयिक राजनीतिक, आर्थिक, सांस्कृतिक र वातावरणीय संकटहरू ठूला वैचारिक र प्रणालीगत सङ्कटहरूको अभिव्यक्ति मात्र हुन् भन्ने आफूहरूले बुझेको भन्दै त्यसको राम्रो विकल्पको खोजी पनि शुरु गरिसकेको बताए।

नेपाल भ्यूज

राजनीतिक दर्शन र सिद्धान्तले धर्मशास्त्रका मान्यताहरू बदल्न सक्छ: बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले धर्मशास्त्रका मान्यताहरूलाई राजनीतिक दर्शन र सिद्धान्तहरूमार्फत बदल्न सकिने बताएका छन्।

ओपी जिन्दल ग्लोबल युनिभर्सिटीले एसोसिएसन अफ इन्डियन युनिभर्सिटीको सहयोगमा र अमेरिकन एसोसिएसन अफ कलेज र प्रतिष्ठित साझेदारहरूसँगको सहकार्यमा आयोजना थरेको स्टार ग्लोबल कन्फ्रेन्सलाई भर्चुअल सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्।

डा. भट्टराईले समसामयिक राजनीतिक, आर्थिक, सांस्कृतिक र वातावरणीय संकटहरू ठूला वैचारिक र प्रणालीगत सङ्कटहरूको अभिव्यक्ति मात्र हुन् भन्ने आफूहरूले बुझेको भन्दै त्यसको राम्रो विकल्पको खोजी पनि शुरु गरिसकेको बताए।

उनले यी दुवै प्रणालीका त्रुटिहरू र सीमितताहरूलाई स्वीकार गर्ने साहस गर्नुपर्ने बताए। सँगसँगै समाजको वास्तविकतालाई अझ राम्रोसँग मिल्ने नयाँ विकल्पहरू पनि खोज्नुपर्ने उनले बताए।

‘‘मेरो आफ्नै जीवनकालमा, म पूँजीवाद र समाजवादी राज्य दुवै भित्रका गहिरो संकट र अन्तरविरोधहरूको निरीक्षण गरिरहेको छु। एकातिर उदारवादी लोकतन्त्रभित्रै सामाजिक-आर्थिक असमानता बढ्दै गएको छू,” उनले भने, ‘‘अर्कोतर्फ, त्यहाँ समाजवादी व्यवस्थाहरू छन् जसले सामाजिक-आर्थिक क्षेत्रहरूलाई सम्बोधन गर्ने नाममा आधारभूत राजनीतिक अधिकार र स्वतन्त्रताहरूलाई सीमित पार्छ।”

सम्बोधनका क्रममा भट्टराईले अमेरिकी विद्वान नोअम चोम्स्कीको पनि प्रशंसा गरे। दमनकारी विश्व व्यवस्थाको विरुद्धमा एजेन्सीको सामूहिक भावना र प्रतिरोधको लागि प्रोफेसर चोम्स्की बौद्धिक र राजनीतिक रूपमा पहिलेभन्दा अहिले धेरै सान्दर्भिक देखिएका उनको कथन थियो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved