कांग्रेस १४ औँ महाधिवेशन

बोहराटारमा जुटे पौडेलपक्षीय नेता

संस्थापनइतरबाट वरिष्ठ नेता पौडेलसँगै महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका दाबेदार हुन्। शशांक र शेखरले पौडेललाई छाड्न तयार भए पनि सिंह तयार भएका छैनन्।

नेपालभ्युज

बोहराटारमा जुटे पौडेलपक्षीय नेता
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि नेतृत्व चयन प्रक्रिया शुरु हुँदैछ।

संस्थापन पक्षबाट प्रधानमन्त्री तथा वर्तमान सभापति शेरबहादुर देउवा सभापतिका उम्मेदवार बनने पक्का हुँदा संस्थापनइतर समूह भने अझै छलफलमै छ।

उम्मेदवारी मनोनयनको ठीक अगाडि अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल निवास, बोहराटारमा इतर समूहका नेताहरु भेला भएका छन्।

साझा उम्मेदवार छान्न करीब असफल जस्तो देखिएको यो समूहमा अहिलेको बैठकले अन्तिम प्रयास गर्ने एक नेताले बताए।

संस्थापनइतरबाट वरिष्ठ नेता पौडेलसँगै महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका दाबेदार हुन्। शशांक र शेखरले पौडेललाई छाड्न तयार भए पनि सिंह तयार भएका छैनन्।

सोही विषय टुंग्याउनका लागि पौडेलले आफूपक्षीय नेता तथा केन्द्रीय सदस्यहरुलाई बोहराटार बोलाएका हुन्।

यता पौडेल छलफलमै रहँदा देउवाले भने प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउँदै कृष्णप्रसाद सिटौलासँग प्यानल बनाउने सहमति गरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved