माओवादी केन्द्रको प्रदेश सम्मेलन हुँदै

माओवादी केन्द्रकाे सात भौगोलिक प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिकाे आज सम्मेलन हुँदैछ। सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ। 

नेपालभ्युज

माओवादी केन्द्रको प्रदेश सम्मेलन हुँदै

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ। देशभरका सबै प्रदेशमा आज एकैसाथ सम्मेलन हुन लागेकाे हाे।

प्रदेश सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकैसाथ सम्बाेधन गर्नेछन्। मध्यान्ह १२ बजे प्रचण्डले सम्बाेधन गर्ने माओवादी केन्द्रले जनाएकाे छ।

माओवादी केन्द्रकाे सात भौगोलिक प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिकाे आज सम्मेलन हुँदैछ। सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ।

प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था अनुसार माओवादी केन्द्रकाे प्रदेश सम्मेलनबाट नौ पदाधिकारीसहित नयाँ कार्यसमिति चयन हुनेछ।

जसअनुसार प्रदेश १ को विराटनगरमा, प्रदेश २ को जनकपुरमा, बागमतीको काठमाडौंमा, गण्डकीको पोखरामा, लुम्बिनीको भालुवाङमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा सम्मेलन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved