देउवा–सिटौलाबीच चुनावी तालमेल : प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार

चुनावी तालमेलअनुसार देउवाले आफ्नो प्यानलबाट सिटौला पक्षका नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने  सहमति गरेका छन्।

नेपालभ्युज

देउवा–सिटौलाबीच चुनावी तालमेल : प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा र तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलाबीच चुनावी तालमेल हुने भएको छ। चुनावी तालमेलअनुसार देउवाले आफ्नो प्यानलबाट सिटौला पक्षका नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने  सहमति गरेका छन्।

नेता सिटौलालाई भने उपसभापतिको उम्मेदवार बनाइने भएको छ। महाधिवेशनको उद्घाटन सत्रमै सिटौलाले आफूले युवा नेतालाई अघि सार्ने बताएका थिए। अघिल्लो महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा प्रतिस्पर्धा गरेका सिटौला यसपटक पदाधिकारीमा २ वटा उम्मेदवारी सुनिश्चित गरेर संस्थापन पक्षसँग गठबन्धन गर्ने लागेका हुन्। सिटौलाले महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरी अगाडि बढाएका छन्।

यस्तै उमाकान्त चौधरीलाई थारु क्लष्टरबाट सहमहामन्त्री र सुधीर सिवाकोटीलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाउने सहमति भएको नेता भीमसेनदास प्रधानले जानकारी दिए। उनले भने ‘‘सिटौलाजीले आफू सभापतिमा नलड्ने र युवा नेतालाइ पालो दिनुपर्छ भन्नुभयो। याे अवस्थामा महामन्त्रीका उम्मेदवार प्रदीप पौडेललाई भने उक्त पदबाट तल नझार्नेसमेत अडान लिएपछि यस्तो सहमति भएको छ।’’

दरबारमार्गको एक होटेलमा अहिले जारी छलफलमा देउवा पक्ष र सिटौला पक्ष मिलेर निर्वाचनमा जाने विषयमा सहमति भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved