स्वास्थ्य बीमामा देखिएको समस्या समाधान हुन्छः मन्त्री खतिवडा

सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकोले दोस्रो पटकको खोप लगाउन पाउने मन्त्री खतिवडाले बताए।

नेपालभ्युज

स्वास्थ्य बीमामा देखिएको समस्या समाधान हुन्छः मन्त्री खतिवडा
फाइल तस्वीर

पाल्पा। स्वास्थ्यमन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोना विरुद्धको खोपबाट नागरिक बञ्चित हुन नपर्ने बताएका छन्।

सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकोले दोस्रो पटकको खोप लगाउन पाउने मन्त्री खतिवडाले बताए।

पाल्पाको तानसेनमा आयोजित नेकपा (एकीकृत समाजवादी) पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने तयारी सरकारले गरेको बताए।

सरकारले सबै स्थानीय तहमा अस्पतालको व्यवस्थापन गर्न पाँचदेखि २० शय्याको अस्पताल निर्माणका निम्ति बजेट विनियोजन गरिएको मन्त्री खतिवडाले बताए। सामान्य बिरामीहरु स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार गराउने व्यवस्था गर्न बजेटको सुनिश्चित गरिएको मन्त्री खतिवडाले बताए।

मन्त्री खतिवडाले स्वास्थ्य बीमामा देखिएको समस्या समधान गर्न सरकार तयार रहेको बताए। नागरिकको सुविधाका लागि सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई राहत हुनुपर्ने उनले बताए।

मन्त्री खतिवडाले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन रहने बताए। नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेयले एकीकृत समाजवादी पार्टी पाल्पामा बलियो पार्टीको रुपमा संगठित भइरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved