विपिन रावतको अन्त्येष्टीमा दिइयो १७ तोपको सलामी

बिहीबार हेलिकोप्टर दुर्घटनामा सिडिएस रावत र उनकी पत्नी मधुलिकासहित १३ जनाको मृत्यु भएको थियो। रावतलाई १७ तोपको सलामी दिइएको छ। उनको अन्त्येष्टीमा ठूलो संख्यामा सर्वसाधारणहरुको सहभागीता थियो।

नेपालभ्युज

विपिन रावतको अन्त्येष्टीमा दिइयो १७ तोपको सलामी

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका भारतीय सेनाका सबैभन्दा ठूला अधिकारी चिफ अफ डिसेन्स स्टाफ (सिडिएस) जनरल विपिन रावत र उनकी पत्नी मधुलिकाको शवलाई शुक्रबार अन्त्येष्टी गरिएको छ। सैन्य सम्मानसहित दिल्लीको बरार स्क्वायरस्थित शवदाह गृहमा शुक्रबार साँझ उनीहरुको अन्त्येष्टी गरिएको हो।

बिहीबार हेलिकोप्टर दुर्घटनामा सिडिएस रावत र उनकी पत्नी मधुलिकासहित १३ जनाको निधन भएको थियो। रावतलाई १७ तोपको सलामी दिइएको छ। उनको अन्त्येष्टीमा ठूलो संख्यामा सर्वसाधारणहरुको सहभागिता थियो।

अन्तिम संस्कारका दौरान सैनिक अधिकारीहरुसँगै रक्षामन्त्री राजनाथ सिंह, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, तथा फ्रान्स, बंगलादेश, भूटानलगायत देशका अधिकारीहरु उपस्थित थिए। रावतकी छोरीहरु कृतिका र तारिणीले आफ्ना बुबा–आमाको शवमा दागबत्ती दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved