रमेश खरेलद्वारा ‘नेपाल सुशासन पार्टी’ घोषणा

नेपालभ्युज

रमेश खरेलद्वारा ‘नेपाल सुशासन पार्टी’ घोषणा

काठमाडौं। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका हुन्। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन्।

उनले सुशासनलाई प्रमुख एजेण्डा बनाएर पार्टीलाई अघि बढाउने बताए। देशमा अहिले कुशासन व्यप्त रहेको भन्दै पूर्व डिआईजी खरेलले त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए।

‘‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शीरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौँ । अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । कुशासनले व्याप्त भएर राष्ट्रियतामा चाख नदिएर हाम्रो हालत यो भएको छ,’’पूर्व डिआईजी खरेलले भने,‘‘हामी यसरी नयाँ पार्टीको हिसाबले स्थापित हुन बाध्य भयौँ। देशमा समृद्धि आएको छैन। राजनीति गर्नेहरुलाई म राजनीतिक पेशाकर्मी भन्छु। हामी पनि राजनीतिकर्मी हुन्छौँ। मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन। राजनीतिमा लागेकाहरु पेशाकर्मी भए, मेवा खाए, नागरिकहरुलाई केही वास्ता गरेनन्। हामी तपाईहरुलाई कहिल्यै पनि धोका दिँदैनौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved