राजाले अब ब्यापार गरे हुन्छ : माधव नेपाल

नेपालभ्युज

राजाले अब ब्यापार गरे हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीति गर्न वा व्यापार गरेर बस्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन्।

“सबैभन्दा राम्रो राजाले पनि एउटा नयाँ पार्टी खोले हुन्छ। व्यापार गरेर बसे हुन्छ। हामीलाई एउटा वंशको शासन स्विकार छैन,” नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै नेपालले भने, “हामी जनताले राष्ट्रियताको रक्षा गर्न सक्छौं। लोकतन्त्रलाई सुरक्षित गर्न सक्छौं। समाजवाद, विकास, समृद्धिको यात्रामा हामी अघि बढ्नुपर्छ।”

लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अर्को विल्कप नभएको उनले बताए। यद्यपि, पछिल्लो समय प्रतिगमनको बादल मडारिएको उनको दाबी थियो। “संकेत राम्रो देखिरहेको छैन। कालो बादल मडारिन खोजेको देखेको छु, प्रतिगामी तत्वहरू सावधान। फेरि शिर नउठाउनुस्,” नेपालले भने।

त्यसअघि महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको सुदृढीकरणका लागि राष्ट्रप्रमुखका रुपमा संवैधानिक राजा र सरकार प्रमुखका रुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने व्यवस्था उचित हुने धारणा राखेका थिए । जवाफमा पूर्व प्रधानमन्त्री नेपालले भने,‘ शीर उठाउने काम नगर्नस्। नदीको प्रवाह अघि बढिसकेको छ। त्यो पछाडि जाँदैन। राजतन्त्रको कुनै भविष्य छैन। कुनै संभावना छैन। यस्तो दुस्साहस नगरौं ।’

लोकतन्त्रको काम आफूहरूले गर्ने बताएका उनले विकृतिहरूलाई पन्छाउँदै अघि बढ्नुपर्ने बताए।

अरूको सम्मान र मर्यादा नगर्ने प्रवृत्ति हटाउनुपर्ने बताए। दोस्रो जनआन्दोलन सम्झँदै उनले गिरिजा शेर बहादुर रामचन्द्रको खुलेर तारिफ गरे। त्याग तपस्या र बलिदानको भावनले नेपालको राजनीति यहाँसम्म आइपुगेको उनले बताए।

बीपी र पुष्पलालले नेपालको राजनीतिमा तरंग त्याग र तपस्या ल्याएका भन्दै त्यो सोचले जनताको जीवन सुधारमा प्रयोग गर्नुपर्ने र त्यस दिशामा यो महाधिवेशन अघि बढ्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved