कांग्रेस महाधिवेशनस्थलमा कोरोना परीक्षण र खोपको व्यवस्था

नेपालभ्युज

कांग्रेस महाधिवेशनस्थलमा कोरोना परीक्षण र खोपको व्यवस्था

काठमाडौं। कांग्रेसको १४औं महाधिवेशनमा सहभागी र महाधिवेशन प्रतिनिधिहरूको एन्टिजेन विधिबाट परीक्षण हुने भएको छ। महाधिवेशनस्थलमा कोरोनाविरुद्ध खोप लगाउने तयारी गरिएको छ।

नेता मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित महाधिवेशन स्वास्थ्य समितिले यसको व्यवस्थापन गरिरहेको हो। महाधिवेशन उद्घाटन स्थलमा भृकुटीमण्डपमा कांग्रेसले ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीसहित स्वास्थ्य डेस्क राखेको स्वास्थ्य समितिले जानकारी दिएको छ।

महाधिवेशनस्थलमा प्राथमिक उपचार सेवा दिनुका साथै आवश्यक परे वीर अस्पताल पनि लैजाले व्यवस्था मिलाइएको समितिले जनाएको छ। समितिका अनुसार सहभागीहरूको एन्टिजेन परीक्षण गनुका साथै खोप नलगाएकाहरूलाई खोप पनि लगाउने व्यवस्था गरिएको छ।


Comment

One thought on “कांग्रेस महाधिवेशनस्थलमा कोरोना परीक्षण र खोपको व्यवस्था

Leave a Reply to Sharada Pandey Siwakoti Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved