कांग्रेस महाधिवेशन औपचारिक शुरु : प्रचण्ड र नेपाल आए, ओली आएनन्

नेपालभ्युज

कांग्रेस महाधिवेशन औपचारिक शुरु : प्रचण्ड र नेपाल आए, ओली आएनन्

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनको उद्घाटन भएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रमको सञ्चालन गरिरहेका छन्।

केही बेरअघि शुरु भएको उद्घाटन सत्रमा कांग्रेसका शीर्षस्थ नेता तथा पदाधिकारी र पूर्वपदाधिकारी आइपुगेका छन्। कांग्रेस महाधिवेशनमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललगायत पार्टीका नेताहरू पनि मञ्चमा आइपुगेका छन्।

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने मञ्चमा देखिएका छैनन्। एमालेका कोही पनि प्रतिनिधि कार्यक्रम औपचारिक रूपमा शुरु हुँदासमेत आइपुगेका छैनन्।

कार्यक्रमलाई काठमाडौं जिल्ला सभापतिले शुभकामना सन्देश दिएका थिए।

Comment

One thought on “कांग्रेस महाधिवेशन औपचारिक शुरु : प्रचण्ड र नेपाल आए, ओली आएनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved