८० करोड भारुमा अमेजनले किनेको विक्की-कट्रिनाको बिहेको भिडिओ अर्को वर्ष रिलिज हुने

रमाइलो त के भने यसअघि सन् २०१९ मा प्रियंका चोपडा र निक जोनसले पनि आफ्नो बिहेको भिडिओ आधिकारिक टेलिकास्टका लागि अमेजनलाई नै बेचेका थिए।

नेपालभ्युज

८० करोड भारुमा अमेजनले किनेको विक्की-कट्रिनाको बिहेको भिडिओ अर्को वर्ष रिलिज हुने

एजेन्सी। यतिबेला बलिउडमा चर्चाको विषय हो, विक्की-कट्रिनाको बिहे। यी दुई कलाकारले बिहीबार राजस्थान विवाह बन्धनमा बाँधिएका छन्।

बिहेका फोटोहरू बाहिरिने क्रम जारी छ, दुलहा बनेका विक्कीले पनि बिहेका फोटाहरू सामाजिक सञ्जालमा शेयर गरेका छन्।

तर बिहेको भिडिओ फुटेज भने हालसम्म बाहिर आएको छैन। आमन्त्रित पाहुनालाई फोटो र भिडिओ सार्वजनिक गर्न निषेध गरिएको  थियो। यसको ठूलो कारण थियो, कारण के भने विक्की-कट्रिनाले बिहेको भिडिओ बिक्रीका लागि ओटीटी प्लेटफर्म अमेजन प्राइमसँग ठूलो रकममा सम्झौता गरेका थिए।

एक रिपोर्टका अनुसार, अमेजनसँग विवाहको टेलिकास्ट अधिकारको लागि सम्झौता भएको छ। ८० करोड भारतीय रुपैयाँमा उक्त भिडिओको लागि सम्झौता भएकै कारण पहिल्यै भिडिओ सामाजिक सञ्जालमा भाइरल नहोस् भनेर आमन्त्रित पाहुनालाई भिडिओ खिच्न मनाही गर्नेगरी सम्झौता पनि गरिएको थियो।

रिपोर्टका अनुसार विक्की र कट्रिनाको विवाहको उक्त भिडियो सन् २०२२ मा डिजिटल प्लेटफर्ममा रिलिज हुनेछ। रमाइलो त के भने यसअघि सन् २०१९ मा प्रियंका चोपडा र निक जोनसले पनि आफ्नो बिहेको भिडिओ आधिकारिक टेलिकास्टका लागि अमेजनलाई नै बेचेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved