कांग्रेसको १४ औँ महाधिवेशनको आजदेखि शुरु हुँदै

तत्कालीन नेकपाको विवाद र विभाजनपछि एकसाथ नदेखिएका ओली, प्रचण्ड र नेपाल पाँच महीनापछि एउटै मञ्चमा देखिनेछन्।

नेपालभ्युज

कांग्रेसको १४ औँ महाधिवेशनको आजदेखि शुरु हुँदै

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंस्थित भृकुटीमण्डपमा शुरु हुँदैछ। ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔं १४औं महाधिवेशन’ मूल नाराका साथ आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उदघाटन कार्यक्रम रहेको छ।

उद्घाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उद्घाटन कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललगायतका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ।

एमाले अध्यक्ष ओली बिहीबार अस्वस्थ भएपछि सम्पूर्ण भेटघाटका कार्यक्रम बन्द गरिएको थियो। यदि आज ओली कार्यक्रममा आए भने तत्कालीन नेकपाको विवाद र विभाजनपछि एकसाथ नदेखिएका ओली, प्रचण्ड र नेपाल पाँच महीनापछि एउटै मञ्चमा देखिनेछन्।

४ हजार ६ सय प्रतिनिधि सहभागी हुने उक्त महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ।

बिहान १० बजे महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेकोमा शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता, त्यसपछि साँझ ७ बजेसम्म मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ गर्ने कार्यतालिका रहेको छ। २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २७ गते नयाँ नेतृत्वका निर्वाचन गर्ने कार्यतालिका कांग्रेसले सार्वजनिक गरेको छ।

७५ वर्षको अवधिमा पार्टीको शीर्ष नेतृत्वमा ९ जना पुगेकोमा नयाँ नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवासहित देउवाइतरका शीर्ष नेताहरुको रक्सारक्सी चलिरहेको छ।

इतर पक्षले साझा उम्मेदवार अघि सार्ने बताइरहे पनि हालसम्म साझा उम्मेदवार तय भने हुन सकेको छैन। सभापतिका आकांक्षी धेरै देखिएपछि साझा उम्मेदवारको सम्भावना न्यून बन्दै गएको छ।

कार्यतालिका

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved