सरस्वती अधिकारीको निर्देशन तथा लेखनमा ‘तैं चुप, मैँ चुप्’ नाटक मञ्चन

नेपालभ्युज

सरस्वती अधिकारीको निर्देशन तथा लेखनमा ‘तैं चुप, मैँ चुप्’ नाटक मञ्चन

काठमाडौँ। लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ‘तैं चुप, मैँ चुप्’ नाटक प्रस्तुत गरेको छ। नाटकको निर्देशन तथा लेखन सरस्वती अधिकारीले गरेकी हुन्। ९ जना पात्रहरूको संयुक्त प्रस्तुतमा नाटक मञ्चन गरिएको थियो।

नाटकले समाजमा भइरहेको लैङ्गिक हिंसा विरुद्ध तीन वटा मुख्य समस्याहरूलाई प्रमुख विषय बनाएको थियो। नाटकले घरभित्र हुने, सार्वजनिक सवारीसाधनमा हुने र शैक्षिक संस्थाहरूमा हुने महिला हिंसालाई प्रमुख समस्याको रूपमा प्रस्तुत गरेको निर्देशक सरस्वती अधिकारीले जानकारी दिइन्।

अधिकारीले, नाटक बिहीबार बुढानीलकण्ठ नगरपालिकाको विभिन्न विद्यालयहरूमा मञ्चन गरिएको र विद्यार्थीहरूको उल्लेख रूपमा उपस्थित भएको जानकारी दिइन्।

नाटकमा प्रभाकर न्यौपाने, सालिकराम भण्डारी, तारा केसी, सरस्वती अधिकारी, सुवास सुवेदी, विकल्प अधिकारी, प्रसून न्यौपाने, रविन दोङ तथा सुशील ठकुरीको भूमिका रहेको थियो। कचहरी नाटक शुक्रवार पनि मञ्चन गरिने अधिकारीले जानकारी दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved