बालबालिकालाई मोडर्नाको खोप ४ पुसबाट

परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार ५७ जिल्लाका विद्यालयबाट करिब १८ लाख डोज खोप दिइनेछ।

नेपालभ्युज

बालबालिकालाई मोडर्नाको खोप ४ पुसबाट

काठमाडौं। पुस पहिलो सातादेखि बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ। ४ पुसदेखि बालबालिकालाई खोप दिन शुरु गरिने भएको हो। १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई खोप दिइन्छ। सो उमेर समूहका करिब १८ लाख बालबालिका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाउने भनेको छ।

परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार ५७ जिल्लाका विद्यालयबाट करिब १८ लाख डोज खोप दिइनेछ।

उनी भन्छन् ‘‘५७ जिल्लाका पायक पर्ने विद्यालयलाई खोप केन्द्र तोकिने छ। खोप केन्द्रको जिम्मा भने स्थानीय तहलाई दिइएको छ। कतिपय विद्यार्थी स्कुल नगएको अवस्थामा भने स्वास्थ्य संस्थामा खोप राखेर दिने व्यवस्था पनि गरेका छौँ।”

यसअघि फाइजर खोप सञ्चालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्ला बाहेक अरू ५७ जिल्लमा खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए। उनले भने ‘‘२० जिल्लामा भने फाइजर खोप आएपछि दोस्रो मात्रा लगाइने छ।”

नेपालमा बिहीबारसम्म नेपालमा कूल जनसङ्ख्याको ३५ दशमलव ७ प्रतिशतले पहिलो र २९ दशमलव ८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको उनले बताए। २६ मङ्सिरसम्म मोडर्नाको ३७ लाख डोज खोप नेपाल ल्याइने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved