काठमाडौं उपत्यकामा थपिए एक सय कोरोना संक्रमित

नेपालभ्युज

काठमाडौं उपत्यकामा थपिए एक सय कोरोना संक्रमित

काठमाडौं। बिहीबार काठमाडौं उपत्यकामा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ घण्टामा देशभर दुई सय ११ जनामा संक्रमण पुष्टि भएकोमा उपत्यकामा मात्रै सय जनामा संक्रमण पुष्टि भएको हो।

देशभर गरिएको ८ हजार १८ पीसीआर परीक्षणका क्रममा १ सय ९७ जनामा र १ हजार ४ सय ३३ एन्टीजेन परीक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार २ सय ५५ पुगेको छ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ।

हालसम्म नेपालमा ११ हजार ५ सय ४९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। त्यस्तै थप ३ सय २९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार ९ सय संक्रमित निको भएका छन्। हाल नेपालमा ६ हजार १ सय ५ सक्रिय संक्रमित आइशोलेशन र ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved