केन्द्रीय समिति बैठकमा गएनन् वरिष्ठ नेता पौडेल

बैठकबाट तीन प्रस्ताव पारित

नेपालभ्युज

काठमाडौं । भोलि(शुक्रबार) बाट पार्टीको १४ औं महाधिवेशन शुरु हुन लाग्दासमेत साझा उम्मेदवार तय गर्न नसकेको नेपाली कांग्रेस संस्थापनइतर समूहको पटक पटकको बैठकले कुनै ठोस निर्णय गर्न सकेको छैन।

बुधबार नेता प्रकाशमान सिंहनिवास चाक्सीबारी बैठकमा पार्टी राजनीतिबाटै संन्यास लिने बताएका वरिष्ठ नेता रामचन्द्र पौडेल बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा पनि गएनन्।

बुधबार चाक्सीबारी बैठकमा वरिष्ठ नेता पौडेलले आफूलाई साझा सभापति उम्मेदवार बनाउन र आफूलाई नबनाए पनि सर्वसम्मत खोज्न आग्रह गरेका थिए। सहमति पनि नगर्ने र आफूलाई साझा उम्मेदवार पनि नबनाउने भए पार्टी राजनीतिबाटै अलग हुने उनले ‘घुर्की’ लगाएका थिए।

बुधबारको उक्त बैठकपश्चात् बिहीबार खासै भेटघाट र बैठकमा नदेखिएका पौडेल आज बसेको केन्द्रीय समिति बैठकमा पनि नदेखिएपछि उनीप्रति टिप्पणी हुन थालेको छ।

यद्यपि पौडेलसँग बिहीबार बिहान नेता शेखर कोइरालाले भेट गरेका थिए।

केन्द्रीय समिति बैठकमा नदेखिए पनि महाधिवेशनमा उद्धघाटन सत्रमा उनी आउने प्रवक्ता विश्वप्रकाश शर्माले वश्वास दिलाए। वरिष्ठ नेता पौडेलले बुधबार महाधिवेशनस्थलमा पनि नआउने भन्दै आएका छन्। तर प्रवक्ता शर्माले भने पौडेलको यो भनाइ कल्पना पनि गर्न नसिकेन बताएका छन्।

तीन प्रस्ताव पारित

१४ औं महाधिवेशनको अघिल्लो दिन पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले तीन ओटा प्रस्ताव पारित गरेको छ। बैठकले उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवेदनहरू पारित गरेको छ।

निधिले निति अनुसन्धान प्रतिष्ठानसम्बन्धी पेश गरेको प्रतिवेदन, महामन्त्रीद्वयको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन बिहीबारको बैठकले पारित गरेको हो। साथै बैठकले कांग्रेसको विधान पनि अनुमोदन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved