सडकबाट फर्किँदै एक वर्षदेखि आन्दोलनरत भारतीय किसान

नेपालभ्युज

सडकबाट फर्किँदै एक वर्षदेखि आन्दोलनरत भारतीय किसान

एजेन्सी। एक वर्षदेखि जारी भारतीय किसान आन्दोलन अब सकिएको छ। आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त किसान मोर्चाको बैठकले  ११ डिसेम्बर (शनिबार)देखि आन्दोलनरत क्षेत्र दिल्ली सीमाबाट घर फर्किँने घोषणा गरेको हो।

तर आन्दोलन अन्त्य नभई तत्कालका लागि स्थगित गरिएको र सरकार आफ्नो प्रतिवद्धताबाट पछि हटे पुन: आन्दोलन गर्ने चेतावनी मोर्चाले दिएको छ। किसान नेता बलवीर राजेवालले आन्दोलन स्थगित भएको र हरेक महीना समीक्षा बैठक गर्ने र त्यसअनुसार आवश्यक परेको खण्डमा पुन: सडकमा उत्रिने बताए।

उनले भने, ‘सरकारलाई झुकाएर फर्कँदैछौँ। सरकारले दायाँबायाँ गरे फेरि आन्दोलन गर्ने निर्णय हुन सक्छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०२० जुनमा अध्यादेशमार्फत तीन कृषि कानून ल्याएका थिए। ती कानून किसान मारा भएको भन्दै किसानहरूले आन्दोलन शुरु गरेका थिए। यस क्रममा करीब ७ सय किसानहरूको मृत्यु समेत भएको छ।

भारतीय प्रधानमन्त्री मोदीले गत १९ नोभेम्बरमा संसद् अधिवेशनबाट कृषिसम्बन्धी तीनओटै कानून फिर्ता लिने घोषणा गरेका थिए। किसानहरूले उक्त निर्णयको स्वागत गर्दै तत्काल आन्दोलन फिर्ता नलिने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved