नाडाको नयाँ नेतृत्वका लागि मतदान शुरु

नेपालभ्युज

नाडाको नयाँ नेतृत्वका लागि मतदान शुरु

काठमाडौं। नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको आगामी नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ। काठमाडौंस्थित सोल्टी होटलमा बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि व्यवस्थापनका कारण ढिलो गरी मतदान शुरु भएको हो।

मतदानका लागि नाडाका सदस्यहरू बिहानैदेखि लामबद्ध भएर बसेका थिए। बुधबारदेखि शुरु नाडाको ४५ औँ साधारणसभाअन्तर्गत आज नयाँ नेतृत्वका लागि आज निर्वाचन मिति तय भएको थियो।

नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुव थापा प्यानलसहित निर्वाचनमा होमिएका छन्।

चौधरीको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, सुनिल रिजाल, वर्ण न्यौपाने, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन्।

यता थापाको प्यानलबाट आकाश गोल्छा, निराकार श्रेष्ठ, दीपक अग्रवाल, कपिल शिवाकोटी, यमुना श्रेष्ठ, अमर ज्योति, नारायण पौडेल, प्रकाश सिग्देल, सञ्जयकुमार खेतान, शुभाशिष थपलिया लगायत छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved