अब सडकबाटै ट्राफिक जरिवान तिरी तत्काल कागजात फिर्ता लिन सकिने

नेपालभ्युज

अब सडकबाटै ट्राफिक जरिवान तिरी तत्काल कागजात फिर्ता लिन सकिने
फाइल तस्वीर

काठमाडौं। काठमाडौंमा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउने अभियान थालेको छ। प्रविधिमैत्री बनाउने क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले कुनै चालकले ट्राफिक नियम उल्लंघन गरेमा तत्काल सडकबाटै जरिवाना तिर्ने सकिने सेवा विस्तार गरेको छ।

यसअघि २४ घण्टे पूर्जीमार्फत जरिवाना तिर्नुपर्ने व्यवस्था थियो।

यो सेवासँगै अब नियम उल्लंघन भएमा यात्रुले तत्काल जरिवाना तिरेर कागजपत्र फिर्ता लिन सक्नेछन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले एक कार्यक्रमकाबीच प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम)’ काे शुरुआत गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिए।

एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधिमैत्री हुँदै गएको र अब चिट काटेपछि जरिवाना तिरेर कागजात लिन ट्राफिक कार्यालय जानुपर्ने अवस्थाको अन्त्य भएको बताए।

पहिलो चरणमा गौशाला, दरवारमार्ग, थापाथली, जावालाखेल र जनसेवा गरि पाँच ओटा ट्राफिक कार्यालयबाट यस्तो सेवा शुरु भएको छ। क्रमश: अन्य क्षेत्रमा पनि यो सेवा विस्तार गर्दै जाने जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved