‘आरआरआर’ को ट्रेलर रिलिज

नेपालभ्युज

‘आरआरआर’ को ट्रेलर रिलिज

काठमाडौं। तेलगु भाषामा बनाइएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज भएको छ। एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म यो वर्षको सबैभन्दा बढी बहुप्रतीक्षित फिल्म मानिएको छ।

डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिका छ। फिल्ममा अजय देवगनका साथै आलिया भट्टको पनि अभिनय देख्न सकिन्छ।

४०० करोड भारुमा बनाइउको फिल्मको रिलिज डेट भने ७ जनवरी २०२२ लाई तोकिएको छ।

निर्देशक राजामौलीले केवी विजयेन्द्र प्रसादले लेखेका मौलिक कथाबाट फिल्मको पटकथा लेखेका हुन्। राजामौलीले रामा राजु र भीमको जीवनमा घटेका घटनाहरूका कथाहरूबाट यो फिल्म तयार पारेका हुन्। बाल्यकालीन समयमा रामा राजु र भीम कसरी साथीहरू हुन सक्छन्, यसै विषयबाट प्रेरित भएर राजामौलीले फिल्म बनाएका छन्।

यस फिल्म निर्माणबारे सन् २०१८ को मार्चमै घोषणा गरिएको थियो। फिल्मको मुख्य छायांकन नोभेम्बर २०१८ मा हैदरावादबाट भएको थियो। फिल्मका केही दृश्य बुल्गेरियार युक्रेनमा पनि छायांकन गरिएको जनाइएको छ।

फिल्म ३० जुलाई २०२० को नाटकीय रूपमा रिलिज गर्ने बताइए पनि कोभिड महामारीका कारण स्थगन गरिएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved