कांग्रेस १४ औँ महाधिवेशन

पौडेललाई साझा बनाउने सन्देश लिएर चाक्सीबारी पुगे तीन नेता

इतर पक्षका केन्द्रीय सदस्यहरुको छलफलको निष्कर्ष सुनाउनका लागि नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य चाक्सीबारी पुगेका स्रोतले बताएको छ।

नेपालभ्युज

पौडेललाई साझा बनाउने सन्देश लिएर चाक्सीबारी पुगे तीन नेता
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापनइतर पक्षका केन्द्रीय सदस्यहरुले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने निष्कर्ष निकालेका छन्।

बिहीबार बिहानदेखि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको इतर पक्षका केन्द्रीय नेताहरुको बैठकले पौडेललाई साझा उम्मेदवार बनाउने निष्कष निकालेको हो।

सोही निष्कर्ष सुनाउनका लागि अहिले नेताहरु सभापतिका अर्का दाबेदार प्रकाशमान सिंहको निवा चाक्सीबारीमा पुगेका छन्।

इतर पक्षका केन्द्रीय सदस्यहरुको छलफलको निष्कर्ष सुनाउनका लागि नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य चाक्सीबारी पुगेका स्रोतले बताएको छ।

इतरपक्षबाट सभापतिका लागि दाबेदार रहेका महामन्त्री डा. शशांक कोइराला र शेखर कोइरालाले साझा उम्मेदवारको रुपमा पौडेललाई स्वीकार्ने बताइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved