आन्तरिक प्रतिस्पर्धालाई हारजितको रुपमा लिनुहुँदैनः देउवा

आन्तरिक प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न पनि देउवाले सबैमा आग्रह गरे।

नेपालभ्युज

आन्तरिक प्रतिस्पर्धालाई हारजितको रुपमा लिनुहुँदैनः देउवा
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको आन्तिरिक प्रतिस्पर्धालाई हारजितको रुपमा नलिइकन प्रजातान्त्रिक अभ्यासको रुपमा बुझ्न पार्टी पंक्तिमा अनुरोध गरेका छन्।

बिहीबार बिहान कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक विमोचन गर्दै देउवाले पार्टीको १४ औँ महाधिवेशनमा सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने आफ्नो ईच्छा रहेको बताए। त्यसो नभए पनि प्रजातान्त्रिक अभ्यासलाई सहज रुपमा सबैले लिनु पर्ने उनले बताए।

आन्तरिक प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न पनि देउवाले सबैमा आग्रह गरे।

देउवाले भने, “सहमति नभएको खण्डमा प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला। प्रतिस्पर्धामा जितहार हुन्छ। हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने। यसलाई सामान्य मानेर कुनै प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस्।”

महाधिवेशनमा उत्साहपूर्वक काठमाडौं आएका नेता कार्यकर्ताहरू उस्तै उत्साह बोेकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved