६० वर्ष माथिकालाई ‘बुस्टर डोज’ दिइँदै

नेपालभ्युज

६० वर्ष माथिकालाई ‘बुस्टर डोज’ दिइँदै

काठमाडौं। सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्ध तेस्रो मात्रा खोप (बुस्टर डोज) दिने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६० वर्ष माथिका नागरिक जसले भरोसेल खोप लगाएको तीन महिना पुगिसकेको छ उनीहरूलाई थप एक मात्रा खोप दिन राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरेको थियो। त्यसैअनुसार खोप दिइन लागिएको स्वास्थ्य सेवा विभाग परिवार कल्णाण महाशाखाका प्रमुख डा विवेककुमार लालले जानकारी दिए।

समितिको सिफारिस र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिनुपर्ने हुन्छ।

लाल भन्छन्, ‘‘सोही सिफारिसलाई आधार मानेर खोप सल्लाहकार समितिले खोप दिन लागेको हो।”

यस्तै क्यान्सर रोग भएका, अंग प्रत्यारोपण गरेका, रोगप्रतिरोधी क्षमता कम भएका एचआईभी संक्रमितलाई लक्षित गरी एक मात्रा खोप दिन पनि डब्लुएचओले सिफारिस गरेको उनले बताए। “विश्वका केही देशले आआफै निर्णय गरेर बुस्टर डोज लगाउने गरेको पाइएको छ तर डब्लुएचओले सबै जनसंख्यालाई समेटेर बुस्टर डोज लगाउन सिफारिस भने गरेको छैन,” उनले भने, “अझै पनि सबै सदस्य राष्ट्रले बढीभन्दा बढी जनसंख्यालाई खोप लगाउनुपर्दछ, सबैलाई लगाइसकेपछि बल्ल थप मात्र लगाउन पर्दछ भनिएको छ।”

नेपालमा लक्षित जनसंख्याको ५३.७ प्रतिशतलाई पहिलो र ४४.५ प्रतिशतलाई पूर्ण मात्रा दिइएको छ।

हालसम्म दुई करोड ६८ लाख खोप आइसकेको छ भने अब चार महिनाभित्र थप तीन करोड ५६ लाख ९१ हजार खोपको मात्र ल्याउने सरकारले तयारी गरिरहेको छ।

मन्त्रालयका अनुसार नेपालमा १२ वर्षमाथिको जनसंख्या २ करोड ३२ लाख रहेकाले सबैलाई तीन तीन मात्रा डोज खोप लगाउन पुग्ने विज्ञहरूले जनाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वास्थ्यमन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग यही १७ मंसीरमा गरेको छलफलमा एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’ उपलब्ध गराउन आग्रह गरेका थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved