‘टीभीएस राइडर–सप्तरंग-३’ सातै प्रदेशमा

दोश्रो संस्करणको सफलतापश्चात यो पटक फेरी टीभीएस मुख्य प्रायोजकको रुपमा आबद्ध भएको छ। यो पटक टीभीएसले आफ्नो नयाँ बाइक टीभीएस राइडर साथ लिएर प्रचार अगाडि बढाउने भएको छ।

नेपाल भ्यूज

‘टीभीएस राइडर–सप्तरंग-३’ सातै प्रदेशमा
काठमाडौं। सातै प्रदेशमा ‘टीभीएस राइडर–सप्तरंग-३’ हुने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले कार्यक्रम हुने जानकारी गराएको थियो।
गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कला मार्फत प्रष्ट्याउनु नै ‘सप्तरंग’ को मूल आशय हो।
कला संस्कृतिलाई उजागर गर्दै २४ मंसीरदेखि काँकडभिट्टा बाट शुरु हुने ‘सप्तरंग–३’ ९ पुसमा पोखरामा गएर अन्त्य हुने छ l काँकडभिट्टा लगत्तै २६ मंसीरमा जनकपुर, २८ मा चितवन, १ पुसमा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र ९ पुसमा पोखरा पुगेर समापन हुनेछ।
‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल,अनिल सिंह हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी  तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी भएका छन्।
नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र भेषभुषालाई विश्वसामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने भनाइलाई कार्यक्रमले प्रष्टाएको छ ।
दोश्रो संस्करणको सफलतापश्चात यो पटक फेरी टीभीएस मुख्य प्रायोजकको रुपमा आबद्ध भएको छ। यो पटक टीभीएसले आफ्नो नयाँ बाइक टीभीएस राइडर साथ लिएर प्रचार अगाडि बढाउने भएको छ।
केहि साता अगाडी मात्र नेपाली बजारमा आएको टीभीएस राइडर यसको स्पोर्टी लुक्स, पावर र पिकअपले गर्दा ग्राहकहरुको मन जित्न सफल भएको छ। र सप्तरंगसँग आबद्ध भएर टीभीएस राइडरको पनि सातै प्रदेशमा भव्य लञ्च गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved