कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

पार्टी मुख्यालय सानेपामा बस्ने गरी बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

नेपालभ्युज

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
फाइल फाेटाे

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।

१४ औँ महाधिवेशनको अघिल्लो दिन आज कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो।

पार्टी मुख्यालय सानेपामा बस्ने गरी बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई डाकिएको छ।

बैठकमा महाधिवेशन तयारीबारे छलफल हुनेछ। साथै यो बैठक कांग्रेसको अहिलेको कार्यसमितिको सम्भवतः अन्तिम केन्द्रीय समिति बैठक पनि हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved