आजको मौसम

पहाडी भेगमा आंशिक बदली, प्रदेश १ मा वर्षाको सम्भावना

प्रदेश नं १ र प्रदेश नं २ का भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नेपालभ्युज

पहाडी भेगमा आंशिक बदली, प्रदेश १ मा वर्षाको सम्भावना

काठमाडौं। अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति प्रदेश नं १ र प्रदेश नं २ को भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ र प्रदेश नं २ का भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

भोलि शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२५ मंसिर शनिबार पनि देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved