कांग्रेसले बिहीबार बिहान बोलायो केन्द्रीय समितिको बैठक

नेपालभ्युज

कांग्रेसले बिहीबार बिहान बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको अघिल्लो दिन (भोलि) केन्द्रीय समितिको बैठक बोलाएको छ।  बिहीबार बिहान साढे ११ बजे बस्नेगरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई डाकिएको छ। बैठक पार्टी मुख्यालय सानेपा बस्ने आज एक प्रेस विज्ञप्ति जारी गर्दै जनाइएको छ।

भोलिको बैठकमा महाधिवेशन तयारीबारे छलफल हुनेछ। साथै कांग्रेसको यो कार्यसमितिको सम्भवतः अन्तिम केन्द्रीय समिति बैठक पनि हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved