नेपालको मानार्थ महारथी थिए रावत

२६ चैत २०७३ मा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मनार्थ महारथीको सम्मान प्रदान गरेकी थिइन्। नेपाल र भारतले एकअर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान प्रदान गर्ने चलन छ। ०७४ सालमा सेना दिवसका दिन रावत विशेष अतिथीका रुपमा नेपाल आएका थिए।

नेपालभ्युज

नेपालको मानार्थ महारथी थिए रावत

काठमाडौं। हेलिकोप्टर दुर्घटनामा निधन भएका भारतका पहिलो चिफ अफ डिसेन्स (सीडीएस) विपिन रावत नेपाली सेनाका पूर्व मानार्थ महारथी समेत हुन्। उनी ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतको  सेना प्रमुख थिए।

यही अवधिमा २६ चैत २०७३ मा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मनार्थ महारथीको सम्मान प्रदान गरेकी थिइन्। नेपाल र भारतले एकअर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान प्रदान गर्ने चलन छ। ०७४ सालमा सेना दिवसका दिन रावत अतिथीका रुपमा नेपाल आएका थिए।

पछिल्लो समय, कात्तिक २०७७ मा भारतीय सेना प्रमुख (वर्तमान) जनरल मनोज मुकुन्द नरवाणेले राष्ट्रपति भण्डारीबाट नेपालको मानार्थ महारथीको सम्मान लिएका छन्। सेना प्रमुखबाट अवकाश लिएपछि ३१ डिसेम्बर २०१९ मा रावत भारतको पहिलो चिफ अफ डिसेन्स (सीडीएस) नियुक्त भएका थिए।

स्थल सेना, जल सेना र हवाई सेनालाई संयोजित गर्ने उद्देश्यले सिडिएस पद सिर्जना गरिएको हो। भारतीय सेनाको बर्दी लगाउनेमध्ये सिडिएस रावत सबैभन्दा माथिल्लो वरियताका अधिकारी थिए। उनले रक्षा मन्‍‍‍त्रालयको सैन्य सल्लाहकार र सैन्य मामिला विभागको प्रमुखको भूमिका समेत निर्वाह गर्दै आएका थिए।

बुधबार रावत चढेको सैनिक हेलिकोप्टर तमिलनाडुमा दुर्घटना भएको हो। यस हेलिकोप्टरमा रावतकी पत्‍नी मघुलिकासहित १४ जना सवार थिए। त्यसमध्ये १३ जनाको मृत्यु भएको बताइएको छ। भारतको वायु सेनाले ट्वीटरमार्फत सीडीएस रावतको निधन भएको जानकारी गराएको हो। ६३ वर्षीय रावतका दुई छोरीहरु छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved