सीपी गजुरेलको चेतावनी : ‘एमसीसी कुनै हालतमा पास गर्न दिँदैनौं’

नेपालभ्युज

सीपी गजुरेलको चेतावनी : ‘एमसीसी कुनै हालतमा पास गर्न दिँदैनौं’

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सीपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गजुरेलले आफूहरू जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताए। उनले एमसीसी सच्चा देशभक्त र विदेशी दलालबारे पर्दाफास गर्ने रेखा हुने पनि बताए।

हरेक नागरिकहरूले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको उनको भनाइ थियो। नेता गजुरेलले अहिले एमसीसीका कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तीमा बदल्नुपर्ने बताए। एमसीसी भनेको अधिकांश नेपालीहरूले चाहेको विषय नभएकोले क्रान्तिकारी भएको नाताले यसमा हस्तक्षेप गर्नुपरेको पनि उनले स्पष्ट पारे।

नेता गजुरेलले भने, “शक्ति सन्तुलनमा पश्चगामी शक्ति हाबी भयो भने योभन्दा पनि पश्चदमन पनि हुने हो कि। अहिले एउटा आशंका, चिन्ता मानिसहरूलाई त्यो पनि छ। अहिलेको शक्ति सन्तुलनमा क्रान्तिकारी, अग्रगामी शक्तिहरू ब्लियो भयो भने त्यो परिवर्तन अग्रगामी हुनसक्छ। अर्को नयाँ खालको, अगाडि बढ्ने खालको परिवर्तन हुनसक्छ, त्यसकारण हामी त्यसको निम्ति सतर्क र तयार रहनु आवश्यक छ। त्यो विस्फोट हुनसक्ने सम्भावना छ।”

क्रान्तिकारीको हैसियतले आफूहरू त्यसमा हस्तक्षेप गर्नुपर्ने कर्तव्य भएको बताएका उनले यसबाट पछि नहट्ने स्पष्ट पारे। भने, “यो जुन एउटा ध्रुवीकरण भएको छ, जनआक्रोश छ, जनअसन्तोष छ। यो विस्फोट भयो भने त्यसलाई क्रान्तिमा बदल्नलाई, क्रान्तिकारी आन्दोलनमा अघि बढ्नका लागि हरेक प्रकारका सम्भावनालाई प्रयोग गर्न जरुरी छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved