आफू पक्षको उम्मेदवार टुङ्गो लगाउन देउवाले बोलाए बैठक

नेपालभ्युज

आफू पक्षको उम्मेदवार टुङ्गो लगाउन देउवाले बोलाए बैठक

काठमाडौँ। कांग्रेसको १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट पदाधिकारीमा उम्मेदवारको टुङ्गो लगाउन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू पक्षीय नेताहरूको बैठक बोलाएका छन्।

इतर पक्षले छलफल तीव्र पारिरहेका देउवाले पनि बुधवारका लागि आफू पक्षीय नेताहरूको बैठक बोलाएका हुन्।

बैठक बुधबार बिहान ९ः०० बजे बालुवाटारमा बोलाइएको छ। देउवा समूहमा अहिलेसम्म सभापतिबाहेक अन्य उम्मेदवारको टुङ्गो लागेको छैन। सभापतिमा देउवाबाहेक अरूको दाबी नभए पनि दुई महामन्त्रीका लागि चार जना आकांक्षी देखिएका छन्।

देउवा समूहबाट बालकृष्ण खाँण, प्रकाश शरण महत, विश्वप्रकाश शर्मा र एनपी शर्माले महामन्त्रीमा दाबी गरेका छन्। शुक्रबारबाट काठमाडौँमा कांग्रेसको १४ औँ महाधिवेशन शुरु हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved