कांग्रेसको १४ औँ महाधिवेशन

चाक्सीबारी बैठकको निष्कर्ष : आजै सभापतिको साझा उम्मेदवार तय गरिने

नेपालभ्युज

चाक्सीबारी बैठकको निष्कर्ष : आजै सभापतिको साझा उम्मेदवार तय गरिने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार आज रातिसम्म घोषणा गरिसक्ने जनाएको छ।

यसका लागि आज नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा नेताहरूको बैठक बसेको थियो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनै पनि हालतमा आजै सभापतिको साझा उम्मेदवार खोज्ने बताए।

बैठकमा वरिष्ठ नेता पौडेलका साथै महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला, महेश आचार्य, रामशरण महत, रामकृष्ण यादव, धनराज गुरुङ, मीनेन्द्र रिजाल, सीतादेवी यादवलगायत नेताहरू सहभागी थिए।

यसैबीच नेपाली कांग्रेसका युवा नेताहरुले संस्थापनइतर समूहलाई सभापतिको साझा उम्मेदवार बनाउन दबाब दिएका थिए। भित्र नेताहरूको बैठक चलिरहँदा चाक्सीबारीमा बाहिर उनीहरूले प्रदर्शन गरेका हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved