सत्ताको दुरुपयोग गरेर मलाई हराइयो : गुरु घिमिरे

नेपालभ्युज

सत्ताको दुरुपयोग गरेर मलाई हराइयो : गुरु घिमिरे

काठमाडौं। प्रदेश एकको सभापतिमा दुुई मतले पराजित भएका कांग्रेस नेता गुरुराज घिमिरेले आफुलाई हराउन सभापति शेरबहादुर देउवा पक्षले  सत्ताको दुुरुपयोग गरेको आरोप लगाएका छन्।

प्रदेश एकको सभापतिमा घिमिरेलाई देउवा पक्षका उद्धव थापाले दुई मतान्तरले हराएका थिए।  घिमिरे पराजित भएसँगै उनकै पक्षका शेखर कोईरालासहित केही शीर्ष नेताले समेत मत नखसालेको समाचारहरु बाहिरिएका थिए। त्यसयता, कोइरालाले माफी समेत मागिसकेका छन्।

घिमिरेले मंगलबार काठमाडौंमा सत्ताको  दुरुपयोग गरिदाँ आफ्नो पक्षको ५० जनाभन्दा धेरैले मत नै नखसालेको आरोप लगाए। “देउवाबाट राजनीतिक हिंसा भएको छ”, घिमिरेले भने, “विराटनगरका महंगा होटलमा मानिसहरु राखेर, चलखेल गरेर मलाई हराइयो।”

प्रदेश १ सभापतिमा पराजित भएर काठमाडौं आइपुगेका उनी मंगलबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको संस्थापनइतर पक्षका नेताहरुकोे बैठकमा सहभागी भएका हुन् घिमिरेले जित- हारलाई सहज रुपमा लिनुपर्ने पनि बताए। ”यो मूल्यको राजनीति हो”, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved