नेपाली कांग्रेस १४ औं महाधिवेशन

सभापतिमा साझा उम्मेदवार खोज्न संस्थापनइतरको बैठक चाक्सीबारीमा

नेपालभ्युज

सभापतिमा साझा उम्मेदवार खोज्न संस्थापनइतरको बैठक चाक्सीबारीमा

काठमाडौं । १४ औँ महाधिवेशनमा साझा उम्मेदवारको खोजी गर्न/सहमति जुटाएउन कांग्रेसको संस्थापनइतर समूहको सभापतिका दाबेदारहरूको बैठक प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसिरहेको छ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला,महेश आचार्य, रामशरण महत, रामकृष्ण यादव, धनराज गुरुङ, मीनेन्द्र रिजाल, सीतादेवी यादवलगायत नेताहरू सहभागी छन्।

हिजो (सोमबार) वरिष्ठ नेता पौडेल निवासमा पनि यही पक्षको बैठक बसेको थियो। बैठकले सभापतिमा साझा उम्मेदवार खोजी गर्ने विषयमा छलफल गरेको थियो। उक्त छलफल सकारात्मक भएको भन्दै आज पनि संस्थापनइतर समूहको बैठक बसेको हो। कांग्रेसको १४ महाधिवेशन यही २४ मंसीरदेखि २६ गतेसम्म काठमाडौंमा हुँदै छ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved