सर्वोच्चअगाडी कानून व्यवसायीको धर्ना जारी

नेपालभ्युज

सर्वोच्चअगाडी कानून व्यवसायीको धर्ना जारी

काठमाडौं। प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका छन्।

कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिइकन कानमा तेल हालेर बस्दा न्याय सुसञ्चालन हुन नसकेको बताए।

उनले न्याय बेचबिखन गर्न र न्यायपालिकामा पुगेका आम मानिसहलाई न्याय नदिने काममा प्रधानन्यायाधीश जबरा लागिरहेको आरोप समेत बताए। अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीश जबराको बहिर्गमन हुन अब धेरै समय नलाग्ने दाबी पनि गरे।

‘‘न्यायपालिकाको गरिमालाई उच्च राख्न, न्यायपालिकामा व्याप्त रहेको विसंगति, विकृति, विचौलिया भ्रष्टाचार रोक्न, जो अभियान चलाउँदै आइरहेका छौँ। तर, प्रधानन्यायधीशले आफ्नो कानमा तेल हालेर राजीनामा नदिइकन बसेकाले यो आन्दोलन लम्बिँदै गइरहेको छ,’’ उनले भने,‘‘ अब उहाँको बहिर्गमन अवश्यम्भावी छ । न्यायपालिकाको गरिमा राम्रो भएन र न्यायपालिका स्वच्छ भएन, स्वतन्त्र भएन भने राज्यका अरु अंग पनि निकम्बा हुन पुग्दछन् ।’

अध्यक्ष श्रेष्ठले आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानन्यायाधीश जबराको राजीनामाका बारेमा छलफल गर्ने बताउनु भयो।

नेपाल बार एशोसिएशनसहित देशभरका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved