च्याम्पियन्स लिग

समूह चरणका अन्तिम खेल शुरु, गर या मरको अवस्थामा ठूला क्बल

आजै राति पौने दुई बजे नै स्पेनका दुई बलिया मानिएका क्लब रियल मड्रिड र एट्लेटिको मड्रिडको खेल हुँदै छ। रियलले इटालीको लिग सिरी एको बलियो टोली इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दैछ।

नेपालभ्युज

समूह चरणका अन्तिम खेल शुरु, गर या मरको अवस्थामा ठूला क्बल

काठमाडौं। यूरोपियन च्याम्पिनन्स लिगअन्तर्तगत आज रातिदेखि समूह चरणका अन्तिम खेलहरू हुँदैछन्। आज राति ६ ओटा खेल हुँदैछन्।

जसअनुसार इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब आरबी लेइप्जिगबीच राति साढे ११ बजे खेल हुँदै छ। त्यस्तै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन, (पीएसजी)ले पनि क्लब बर्गसँग यही समयमा प्रतिस्पर्धा गर्दै छ।

सिटी समूह ‘ए’ मा पाँच खेलबाट १२ अंक बनाएर शीर्ष स्थानमा छ। उसले लिगको अघिल्लो यात्रा तय गरिसकेको छ। लिगमा एक मात्र हार बेहोरेको सिटीले बराबरी खेल खेलेको छैन। पाँच खेलमा १७ गोल गरेको सिटीले ९ गोल खाएको छ। सिटीले पीएसजीसँग मात्र हार बेहोरेको थियो।

त्यस्तै, लेइप्जिग लिगबाट बाहिरिसकेको छ। उसले आज राति सिटीलाई हराए पनि उक्त जित सान्त्वना हुनेछ। पाँच खेलबाट मात्र ४ अंक जोडे पनि ऊ लिगको तेस्रो स्थानमा छ। तीन हार, एक बराबरी र एक जित मात्र निकालेको ऊ अन्तिम खेल जितमार्फत टुंग्याउन चाहन्छ।

यता पीएसजी भने ८ अंकका साथ समूहको दोस्रो स्थानमा छ। शीर्षमा रहेको सिटीलाई हराए पनि उसले दुई ओटा बराबरी खेलिसकेको छ। पहिलो खेलमा जित निकाले पनि उसले सिटीसँग दोस्रो खेलमा हार बेहोरेको थियो। त्यसैले आजको हारजितले पीएसजीलाई अघिल्लो चरणमा पुग्न कुनै निर्णायक भूमिका खेल्ने छैन। ऊ समूह उपविजेता भइसकेको छ।

अर्थात लिगको समूह ‘ए’ बाट विजेताका रूपमा सिटी र उपविजेताका रूपमा पीएसजी अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।

आजै राति आयाक्स र स्पोर्टिङ गिजोङले पनि प्रतिस्पर्धा गर्दैछन्। समूहमा ‘बी’ रहेका यी दुई टोलीबीच राति पौने २ बजे खेल हुँदै छ। आयाक्स लिगमा अपराजित छ। उसले पाँचै खेलमा शतप्रतिशत जित नतिजा निकालेको छ। भने स्पोर्टिङ पाँचमा २ खेल गुमाउँदै ९ अंकका साथ दोस्रो स्थानमा छ। आयाक्सका लागि पनि आजको खेलमा हुने हारजितले कुनै असर गर्ने छैन। उसले समूह विजेताका रूपमा अन्तिम १६ मा स्थान बनाइसकेको छ।

तर स्पोर्टिङको हकमा भने आजको खेल जित्नैपर्ने दबाब छ। आयाक्ससँग बराबरी गरे पनि उसले तेस्रो स्थानमा रहेको जर्मन क्लब बोरुसिया डन्टमुन्डको खेल नतिजालाई कुर्नुपर्ने हुन्छ। डर्टमन्ट ६ यसै समूहमा ६ अंक बनाएर लिगको तेस्रो स्थानमा छ। अहिलेसम्म लिगमा कुनै खेल नजितेको बेसिक्टासँग आगामी हप्ता प्रतिस्पर्धा गर्न लागेको डर्टमन्डले उक्त खेल जितेर पनि पुग्दैन। उसले राम्रो गोलअन्तरले जित हासिल गर्नुपर्ने देखिन्छ। बेसिक्टास भने लिगबाट बाहिरिसकेको छ।

अर्थात् समूह ‘सी’ बाट उपविजेताको छिनोफानो मात्र हुन बाँकी छ। जुन डर्टमन्ड र स्पोर्टिङबीच हुनेछ।

त्यसैगरी आजै राति पौने दुई बजे नै स्पेनका दुई बलिया मानिएका क्लब रियल मड्रिड र एट्लेटिको मड्रिडको खेल हुँदै छ। रियलले इटालीको लिग सिरी एको बलियो टोली इन्टर मिलानसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘डी’बाट लिगको अघिल्लो चरणमा प्रवेश गरिसकेका यी दुई टोलीबीच आज हुने खेलले विजेता र उपविजेताको मात्र टुंगो लगाउनेछ। रियल पाँच खेलबाट १२ अंक बनाएर लिगको शीर्ष स्थानमा रहँदा इन्टरसँग १० अंक छ। यो समूहबाट सेर्रिफ र शाख्तर डोनेस्टेक बाहिरिसकेका छन्।

समूह ‘बी’ बाट भने लिभरपुलले आगामी यात्रा तय गरिसक्दा अन्य तीन क्लबको अवस्था कमजोर छ। अपराजित लिभरपुल १५ अंक बनाएर शीर्ष स्थानमा रहँदा पाँच अंक मात्र बनाएर पोर्टो दोस्रो स्थानमा छ। पोर्टोले आज राति एट्लेटिकोसँग प्रतिस्पर्धा गर्दै छ। जारी च्याम्पियन्स लिगमा निकै कमजोर देखिएको एट्लेटिको मड्रिड जम्मा ४ अंक बनाएर समूहको पुछारमा छ।

आजको खेलमा जित निकाले उसले सात अंक बनाउनेछ। यता इटालीको क्लब एसी मिलानले लिभरपुलको अपराजित यात्रालाई भंग गर्दै पराजित गरे पनि मिलानसँग सात अंक हुनेछ। यस्तो अघिल्लो चरणमा पुग्ने उसको बाटो गोल अन्तरले तय गर्नेछ, यद्यपि एट्लेटिकोले पनि जित निकालेकाे अवस्थामा मात्रै।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved