सप्तरंगको तेस्रो संस्करणमा राजेश हमाल

आयोजक गृष्मा ब्रोडकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो। यो संस्करणको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ।

नेपालभ्युज

सप्तरंगको तेस्रो संस्करणमा राजेश हमाल

काठमाडौं। सप्तरङ्गको तेश्रो संस्करणमा महानायक राजेश हमाल लगायत चर्चित कलाकार सहभागी हुने भएका छन्।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक गृष्मा ब्रोडकास्टिङले ‘सप्तरङ्ग–३’ हुने जानकारी गराएको हो। यो संस्करणको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ।

‘सातै प्रदेशमा ‘जनताद्वारा, जनताको निम्ति’ भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रष्ट्याउने ‘सप्तरङ्ग’ आयोजकले बताएको छ। ‘सप्तरङ्ग’ पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यवद्धतामा केन्द्रित भएको थियो।

कला संस्कृतिलाई उजागर गर्दै २४ मंसीरदेखि काँकडभिट्टाबाट शुरु हुने ‘सप्तरङ्ग–३’ ९ पुसमा पोखरामा गएर अन्त्य हुनेछ।

काँकडभिट्टा लगत्तै २६ मंसीरमा जनकपुर , २८ मा चितवन, १ पुसमा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र ९ पुसमा पोखरा पुगेर समापन हुनेछ।

‘सप्तरङ्ग–३’मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुने छन्।

सप्तरंगको पहिलो र दोस्रो संस्करणले सात प्रदेशबीचको आम जनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो।

यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र सम्वृद्धि को नारालाई प्रवर्द्धन गरिनेछ। कार्यक्रमको होस्टमा निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराई रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved