कांग्रेस सभापतिका चार आकांक्षीबीच पौडेल निवासमा छलफल

प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा  पक्ष हाबी देखिएपछि विपक्षीहरुमाथि साझा उम्मेदवार खडा गरेर अघि बढ्नुपर्ने दबाब सिर्जना भएको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई  समेत समेटेर अघि बढ्नुपर्ने आवाज संस्थापन इतर समूहमा उठेको छ।

नेपाल भ्यूज

कांग्रेस सभापतिका चार आकांक्षीबीच पौडेल निवासमा छलफल

काठमाडौं। नेपाली कांग्रेसको प्रदेश अधिवेशन सोमबार सकिएलगत्तै सभापतिका चार आकांक्षीहरू नेतृत्व चयनका विषयमा छलफलमा जुट्दै छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा हुन लागेको बैठकमा संस्थापन समूहइतरका सभापतिका आकांक्षीहरूलाई बोलाइएको छ।

साझा उम्मेदवार तय गर्ने योजनासहित सभापतिका चार आकांक्षी वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंह छलफलमा जुट्न लागेका हुन्।

सभापतिमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइरालाले दाबी गर्दै आएका छन् ।

प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष हाबी देखिएपछि विपक्षीहरूमाथि साझा उम्मेदवार खडा गरेर अघि बढ्नुपर्ने दबाब सिर्जना भएको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई  समेत समेटेर अघि बढ्नुपर्ने आवाज संस्थापन इतर समूहमा उठेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved