महाधिवेशन तयारीबारे देउवाले गरे छलफल

आउँदो शुक्रबारदेखि काठमाडौमा शुरु हुने महाधिवेशन तयारी मुल समिति देउवा आफैं संयोजक छन्। प्रधानमन्त्री भएयता पार्टी कार्यालयमा देउवा पहिलो पटक पुगेका हुन्।

नेपालभ्युज

महाधिवेशन तयारीबारे देउवाले गरे छलफल
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन तयारीका लागि गठन गरिएका विभिन्‍न समितिका संयोजकहरुसँग पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका छन्।

कांग्रेस पार्टी कार्यालय सानेपामा भएको छलफलमा महाधिवेशन तयारीबारे संयोजकहरुले ब्रिफिंग गरेका थिए। देउवाले महाधिवेशन तयारीलाई चुस्त-दुरुस्त बनाउन र समयमै काम सक्नका लागि संयोजकहरुलाई निर्देशन दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
आउँदो शुक्रबारदेखि काठमाडौमा शुरु हुने महाधिवेशन तयारी मुल समिति देउवा आफैं संयोजक छन्। प्रधानमन्त्री भएयता पार्टी कार्यालयमा देउवा पहिलो पटक पुगेका हुन्।

पार्टीको क्रियाशिल सदस्यता विवादका कारण लगातार पार्टी केन्द्रीय कार्यलयमा धर्नाहरु चल्न थालेपछि देउवाले पार्टीको बैठक आफ्नो निजी निवासमा राख्दै आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved