भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम अनुमोदन

समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीको नाम अनुमोदन गरेको हो।

नेपालभ्युज

भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम अनुमोदन

काठमाडौं। संघीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीको नाम अनुमोदन गरेको हो।

समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिए।

कसले के भने ?

बेलायतका लागि प्रस्तावित राजदुत आचार्यले बेलायतका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई नेपाल ल्याउन भूमिका निर्वाह गर्ने बताए। त्यस्तै, लगानी भित्र्याउन पनि आफूले अधिकतम कोसिस गर्ने बताए।

‘अहिलेसम्म दुईटा कुरा हुन सकेको छैन। बेलायतबाट प्रधानमन्त्रीको भिजिट अहिलेसम्म भएको छैन। बेलायतबाट परराष्ट्रमन्त्रीको भिजिट पनि अहिलेसम्म भएको छैन,’’ उनले भने,‘‘यहाँबाट प्रशस्त भ्रमण भएको तर, उताबाट राष्ट्रध्यक्ष (राजपरिवार) तहमा भ्रमण भएपनि सरकार प्रमुखको हैसियतले भ्रमण नभएको हुँदा त्यसका निम्ति वातावरण तयार गर्नुपर्छ भन्ने मलाई लाग्छ।”

भारतका लागि प्रस्तावित राजदुत डा. शंकर शर्माले नेपाल र भारतबीच विश्वासको सम्बन्ध बनाउनुपर्ने खाँचो रहेको बताए। आपसी विश्वास कायम गर्न सकेमा धेरै कामहरू गर्न सकिने उनले बताए।

‘‘दुई देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सुधार गर्ने विषयमा एउटा विश्वासकै आवश्यकता छ। सबभन्दा ठूलो विश्वास हो। विश्वासलाई विकास गर्न सके धेरै कामहरू सजिलैसँग अगाडी जानसक्छ,’’ उनले भने,‘‘हाम्रो आवश्यकता र राष्ट्रिय हितमा हुनसक्ने कुराहरूलाई रणनीतिक रुपमा लिएर जानसक्ने सम्भावना रहन्छ। ’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved