पदाधिकारीहरू नै मिलेर वन सखाप ! ३६ लाख बिगोसहित अख्तियारद्वारा मुद्दा दायर

नेपालभ्युज

पदाधिकारीहरू नै मिलेर वन सखाप ! ३६ लाख बिगोसहित अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । काठ बिक्री तथा जंगल फँडानी गरी आएको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समितिका पाँच जना  पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ११ कुइनेमा रहेको पातालगैरी सामुदायिक वन उपभोक्ता समूहका ती पाँच जना पदाधिकारीविरुद्ध मुद्दा दायर गर्दै ३६ लाख ४ हजार रुपैयाँ बिगो दाबी गरेको छ।

ती पदाधिकारीहरूले मिलेमतोमा जंगल फँडानी गरेको उजुरीका सम्बन्धमा अख्तियारले मुद्दा चलाएको हो। अनुसन्धानका क्रममा समितिको/समूहको स्वीकृत कार्ययोजनाविपरीत समूहको रकम उनीहरूले अनियमितता तथा हिनामिना गरेको अख्तियारको आरोप छ।

वन उपभोक्ता समूहका अध्यक्ष हरि दमाई, कोषाध्यक्ष खड्क प्रसाद जैसी र सचिव पूर्णिमा शाह ‘सिंह’विरुद्ध मात्र अख्तियारले १८ लाख ७७ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा व्यवस्था भएअनुसार उनीहरूले कसूर गरेकाले ऐनको दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम कारबाही पनि हुनुपर्ने अख्तियारले माग गरेको छ।

अख्तियारले बिगो रकमसहित मुद्दा दायर गरेका वनका अन्य सदस्यहरू क्रमशः रण बहादुर बडुवाल, भरतबहादुर शाही, प्रेम बहादुर सिंजापती, हस्तना देवी शाही र अशोक सिंह छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved